अर्थमन्त्री शर्मालाई पदमुक्त गर्ने तयारीमा प्रधानमन्त्री देउवा

असार २१, २०७९ | आजको अर्थ
ajaako_artha

बजेटमा कर दर हेरफेर गर्न व्यापारिक घरानाका कर्मचारीलाई जिम्मेवारी दिएपछि आलोचित हुँदै आएका अर्थमन्त्री जनार्दन शर्मालाई पदमुक्त गर्ने तयारी प्रधानमन्त्री शेरबहादुर देउवाले गरेका छन्।

जेठ १५ गते बिहान अनधिकृत व्यक्तिलाई अर्थमन्त्रालयमा प्रवेश गराएका शर्माले त्यस बेलाको सिसिटिभी माग्दा दिएको जवाफले उनलाई पदमुक्त गर्न थप दबाब सिर्जना भएको हो।

उपभोक्ता हित संरक्षण मञ्चले सूचनाको हक प्रयोग गरी सिसिटिभी फुजेट माग गरेपछि अर्थ मन्त्रालयले शर्माको निर्देशनमा आइतबार ‘डिलिट भइसकेको’ गैरजिम्मेवार जवाफ दिएपछि उनलाई पदमुक्त गर्न थप दबाब परिरहेको छ।

शर्माले सिए सापका रूपमा परिचय गराएर करका दर हेरफेर गर्न जिम्मेवारी दिएका व्यक्ति पूर्वनासु एवं चौधरी ग्रुपका कर्मचारी रघुनाथ घिमिरे र ‘इन्फिनिटी होल्डिङ्ससँग आबद्ध अर्का एक व्यक्ति थिए।

अर्थमन्त्री शर्मालाई पदमुक्त गर्न राष्ट्रपति विद्यादेवी भण्डारी, प्रमुख प्रतिपक्षी दल एमालेदेखि सरकारको नेतृत्व गरेको कांग्रेसभित्रैबाट प्रधानमन्त्रीमाथि दबाब परेको छ। 

सोमबार जनता समाजवादी पार्टी(जसपा)का मन्त्रीहरूको सपथ ग्रहणका क्रममा शितलनिवासमा भएको संक्षिप्त र औपचारिक कार्यक्रममा भण्डारीले प्रधानमन्त्री देउवासँग चासो देखाएको स्रोतले जानकारी दिएको हो ।

सोमबार विपक्षी दलका नेता केपी शर्मा ओलीले संसदमा समय लिएर प्रधानमन्त्री देउवामाथि प्रश्न गरेका थिए। ओलीले प्रधानमन्त्री देउवालाई केही गर्नै नसक्ने अवस्थामा पुगेको भन्दै शर्मालाई पदमुक्त गर्न दबाब दिएका छन्।

‘यस्ता गलत कामप्रति मन्त्री मात्र होइन, सिंगो मन्त्रिपरिषद्सहित प्रधानमन्त्री नै जवाफदेही हुनुपर्छ’, ओलीले अगाडि भने, ‘सरकार थितिमा चल्नु पर्दैनरु प्रधानमन्त्रीज्यू केही गर्नै नसक्ने अवस्थामा पुग्नुभएको होरु मन्त्री हटाउँदा गठबन्धनको जुइनो खुस्किन्छ कि भन्ने चिन्ता मात्रै लिनुहुन्छ?’

कांग्रेसभित्र घटना सार्वजनिक भएदेखि नै शर्मालाई पदमुक्त गर्नुपर्ने आवाज उठे पनि माओवादी चिढिने डरले देउवा मौन बस्दै आएका छन्। तर, आइतबारको घटनापछि कांग्रेसले सार्वजनिक रूपमै देउवामाथि दबाब बढाएका छन्।

महामन्त्री गगन थापाले शर्माले तत्काल राजीनामा दिनुपर्ने यदि नदिएमा प्रधानमन्त्रीले नै एक्सन लिनुपर्ने सुझाव दिएका छन्।

‘अहिले अर्थ मन्त्रालयले सिसिटिभी फुटेज जम्मा १३ दिनको छ भनेर भनिसके पछाडि तत्काल प्रधानमन्त्रीले यसका बारेमा एउटा एक्सनमा जानुपर्छ। यत्रो विषय संसदमा उठ्यो, बाहिर उठ्यो। हो, होइन मलाई थाहा छैन’, थापाले अगाडि भने, ‘तर यो विषय उठिसकेपछि मैले बुझेको कि अर्थमन्त्रीजीले अहिले राजीनामा दिनुपर्छ कि प्रधानमन्त्रीजीले उहाँलाई अहिले हटाउनु पर्छ। र, तत्काल छानबिन गर्नुपर्छ।’

अर्थमन्त्री शर्मालाई के गर्ने भन्ने विषयमा छलफल गर्न देउवाले प्रचण्डलाई मंगलबार बालुवाटार बोलाएका छन्। स्रोतका अनुसार प्रचण्डसँग शर्मालाई राजीनामा गराउन आग्रह गर्नेछन्।

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

विनिमय दर

मुद्राएकाइखरिदबिक्री
INR (INDIAN RUPEE)१००१६०.००१६०.१५
USD (U.S. DOLLAR)१२६.१८१२६.७८
EUR (EUROPEAN EURO)१३१.९०१३२.५२
GBP (UK POUND STERLING)१५२.१०१५२.८३
CHF (SWISS FRANC)१३१.३६१३१.९८
AUD (AUSTRALIAN DOLLAR)८५.७६८६.१७
CAD (CANADIAN DOLLAR)९७.६८९८.१४
SGD (SINGAPORE DOLLAR)९०.४७९०.९०
JPY (JAPANESE YEN)१०९.३२९.३७
CNY (CHINESE YUAN)१८.८३१८.९२
SAR (SAUDI ARABIAN RIYAL)३३.६३३३.७९
QAR (QATARI RIYAL)३४.४६३४.६२
THB (THAI BAHT)३.५४३.५६
AED (UAE DIRHAM)३४.३५३४.५२
MYR (MALAYSIAN RINGGIT)२८.६३२८.७७
KRW (SOUTH KOREAN WON)१००९.७३९.७८
SEK (SWEDISH KRONER)१२.२५१२.३१
DKK (DANISH KRONER)१७.७३१७.८२
HKD (HONG KONG DOLLAR)१६.०८१६.१६
KWD (KUWAITY DINAR)४११.११४१३.०७
BHD (BAHRAIN DINAR)३३४.६८३३६.२७