श्रीलंकाको नयाँ राष्ट्रपतिमा रनिल विक्रमासिंघे निर्वाचित

१ बर्ष अगाडि

काठमाडौं - श्रीलंकाको नयाँ राष्ट्रपतिमा रनिल विक्रमासिंघे निर्वाचित भएका छन् । मंगलबार श्रीलंकाको संसदले प्रधानमन्त्री रनिल विक्रमासिंघेलाई राष्ट्रपति निर्वाचित गरेको हो ।

श्रीलंकाको गम्भिर आर्थिक संकटकाबीच राजनीतिक उथलपुथलको अवधि जारी रहेको छ। गोटाबाया राजापाक्षे देश नै छाडेर भागेपछि श्रीलंकाको राष्ट्रपति पदबाट उनले राजीनामा दिएका थिए ।  

त्यसपछि भने मंगलबारको संसदद्वारा ७३ वर्षिय विक्रमासिंघे श्रीलंकाको नयाँ राष्ट्रपति बनेका हुन् । उनले २२५ सांसदमध्ये १३४ सासंदहरुको समर्थन पाएका छन्। उनको विपक्षमा उम्मेदवार बनेका सत्तारुढ दलका सासंद दुल्लास अल्लाहपेरुमाले ८२ सासंदहरुको समर्थन पाएका छन् ।

पाँच दशकको राजनीतिक जीवनमा विक्रमासिंघे पहिलो पटक राष्ट्रपति चुनिएका हुन् । यसअघि उनी ६ पटक प्रधानमन्त्री पनि भइसकेका छन् ।

१ बर्ष अगाडि

प्रतिक्रिया