शर्मामाथि छानबिनमा मोबाईल कल डिटेल निकाल्ने प्रस्ताव बिशेष समितिमा

१ बर्ष अगाडि

काठमाडौं- निवर्तमान अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिनको लागि बनेको विशेष संसदीय समितिले कल डिटेल हेर्ने भएको छ। 

सांसदीय समितिले एक साता थप गरिएको थप तिव्रता बनाएको छ। आज बसेको समितिको बैठकमा एमाले सांसद खगराज अधिकारीले छानबिनको टुंगोमा पुग्न कल डिटेल नै प्रमुख माध्यम रहेको तर्क रहेको छ ।

समितिमा रहेका एमालेका अन्य तीन सांसदले पनि मोबाइलको कल डिटेल र लोकेसन हेरेर प्रमाण संकलन गर्नुपर्ने धारणा राखेका थिए । कांग्रेस सांसद मानबहादुर विकले कल डिटेल हेर्ने अधिकार न्यायिक समितिलाई मात्रै भएको जिकिर गरेका थिए । कल डिटेल हेर्ने अधिकार हामीलाई छ कि छैन  हामी अदालत हैनौ भन्दै उत्तर दिएका थिए ।

बजेट निर्माणमा अर्थमन्त्रीले अनधिकृत व्यक्ति सामेल गराएको सम्बन्धमा छानबिन गर्न समितिले गठन गरिएको थियो । शर्माले सो समितिलाई सोही घटनाको सत्यतथ्य बाहिर ल्याउन छानबिनमा सघाउने भन्दै राजीनामा दिएका थिए।
 

१ बर्ष अगाडि

प्रतिक्रिया