सीसीटीभी फुटेज ‘रिकभर,४ बजे पुनः बस्दै समितिको बैठक

१ बर्ष अगाडि

अर्थ मन्त्रालयको जेठ १४ गतेको सीसीटीभी फुटेज ‘रिकभर’ भएको छ । नेपाल प्रहरीको विधिविज्ञान प्रयोगशालाले फुटेज रिकभर गरेर संसदीय छानबिन समितिमा पठाएको हो ।

समितिलाई बुझाएको एउटा प्याकेजमा २५ वटा र अर्को प्याकेजमा २६ वटा क्लिपहरु छन् । आज अपराह्न ४ बजे समितिको बैठक बस्नेछ । सोही बैठकमा विज्ञहरुलाई बोलाएर ती भिडियो क्लिपबारे जानकारी लिएर स्पष्ट हुने बताइएको छ ।

जेठ १४ गते राति बजेट निर्माणको क्रममा अनधिकृत व्यक्तिलाई संलग्न गराएर करको दर हेरफेर गरेको आरोपपछि विवादमा तानिएका तत्कालीन अर्थमन्त्री जनार्दन शर्मा सो दिनको सीसीटीभी फुटेज डिलिट भइसकेको जवाफ मन्त्रालयले दिएपछि झनै चर्को आलोचनामा परेका थिए । त्यसैबीच उनले असार २२ गते, बुधबार संसदमा सम्बोधन गर्दै राजीनामा दिएका थिए । 

१ बर्ष अगाडि

प्रतिक्रिया