विश्वभरको क्रिप्टोकरेन्सी बजार बढ्यो, २३ हजार १३ डलर बराबरमा कारोबार

१ बर्ष अगाडि

काठमाडौं- विश्वभरको क्रिप्टोकरेन्सी बजारको वृद्धि बढ्दो रहेको छ । 

क्रिप्टो बजारको बजार पूँजीकरण अघिल्लो दिनको तुलनामा ७.६४ प्रतिशत बढेर १.०५ ट्रिलियन डलर पुगेको छ । यसैगरी, २४ घण्टामा क्रिप्टो बजारको मात्रा ३४.६१ प्रतिशत बढेर ८४.७१ बिलियन डलर भएको छ ।

२४ घण्टामा सर्वाधिक चर्चित क्रिप्टोकरेन्सी बिटक्वाइनको मूल्य ८.२० प्रतिशतको बढोत्तरी भएको छ । बिटक्वाइन यतिबेला २३ हजार १३ डलर बराबरमा कारोबार भइरहेको छ ।

यस्तै, १२.६४ प्रतिशतको वृद्धिका साथ पोल्काडट गत २४ घण्टाको समयबीच सबैभन्दा धेरै कमाएको छ । पोल्काडट ७.६५ डलर पुगेको छ ।

यसैगरी, इथेरियमको ११.३८ प्रतिशतले वृद्धि भएर एक हजार ६२२ डलरमा खरिदबिक्री हुँदैछ ।

विश्वभरका धेरै अधिकारीहरु र देशहरुले क्रिप्टोकरेन्सी बजारलाई थप लचिलो बनाउने प्रयास गरिरहेका छन् । यसैबीच, अमेरिकाले क्रिप्टो एक्सचेन्ज एफटीएक्समा गैर क्रिप्टो लगानीकर्ताहरुसहित सबै अमेरिकी प्रयोगकर्ताहरुलाई आफ्नो बिना शुल्क शेयर कारोबार सेवाको विस्तार गर्दैछ । एजेन्सी
 

१ बर्ष अगाडि

प्रतिक्रिया