पोखरा – गण्डकी प्रदेश सरकारले प्रथम स्थापना दिवस मनाउने निर्णय गरेको छ ।
मन्त्रीपरिषदको गत माघ २० गते आइतबार बसेको बैठकले यहि फाल्गुण ४ गते शनिबार आफ्नो स्थापना दिवस मनाउने निर्णय गरेको हो ।
गत वर्ष फाल्गुण ४ गतेकै दिन माननीय मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रदेश प्रमुख वावुराम कुवर समक्ष पद तथा गोपनियताको सपथ ग्रहण गर्नुभएको थियो । सोहि दिनको अवसर पारेर गण्डकी प्रदेशले आफ्नो स्थापना दिवश मनाउन लागेको हो ।
स्थापना दिवस भव्यताका साथ मनाउने उदेश्यले गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङको संयोजकत्वमा ६ जना सदस्यीय समारोह समिति गठन समेत गरेको छ ।
समितिमा भौतिक पुर्वाधार विकास मन्त्री रामशरण बस्नेत,प्रमुख सचिव लक्ष्मीराज पौडेल,मुख्यमन्त्री तथा मन्त्रीपरिषद कार्यालयका सचिवहरु लालमणी ओझा,धर्मराज कुइकेल र दलबहादुर अधिकारी रहनुभएको छ ।
स्थापना दिवस मनाउन ३ उपसमिति गठन गरिएको छ, जसमा प्रचार प्रसार, मच्च व्यवस्थापन र कार्यविवरण पुस्तिका प्रकाशन उपसमिति रहेका छन् ।
मन्त्री परिषद प्राङ्गणमा आयोजना गरिने सो समारोहमा एक वर्षभरीका कार्यविवरण प्रस्तुत,उत्कृष्ट कर्मचारीहरुलाई पुरस्कृत लगाएतको कार्यक्रम रहेको संयोजक किरण गुरुङद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।
गण्डकी प्रदेश सभाले सो कार्यक्रमको समारोहमा उपस्थित हुन गण्डकी प्रदेशवासीहरुलाई निमन्त्रणा समेत गरेको छ ।
प्रतिक्रिया