सिन्धुली – सिन्धुलीमा भएको जीप दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या ५ पुगेको छ ।
फिक्कल गाउँपालिका–२ चण्डीभञ्ज्याङमा बा १५ प ९४२२ नम्बरको जीप दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय सिन्धुलीका अनुसार फिक्कल गाउँपालिका–१ महादेवडाँडाबाट खुर्कोटतर्फआउँदै गरेको जीप फिक्कल गाउँपालिका–२ चण्डीभन्ञ्याङ्गमा दुर्घटना भएको थियो । दुर्घटना हुँदा ४ जनाको घट्नास्थलमै मृत्यु भएको थियो भने, १ जनाको उपचारका क्रममा मृत्यु भएको थियो ।
प्रतिक्रिया