काठमाडौँ – बुधबार रातीदेखि निरन्तर हिउँ परिरहेका कारण मनाङको तापक्रम घटेर माइनस २० डिग्री सेल्सियस पुगेको छ ।
मनाङका प्रमुख जिल्ला अधिकारी रुद्रनाथ देवकोटाले भने यतिबेला हिउँबर्षाले हिमाली जिल्ला मनाङको जनजीवन एकदमै कष्टकर बनेको छ । देवकोटाका अनुसार टंकी मनाङ, खाङ्सार, माथिल्लो मनाङ, हुम्डे, पिसाङ, ढिकुरपोखरी लगायतका ठाउँमा हिमपात भएको बताए ।
चामेदेखि तल्लो भागहरु तिमाङ, दानक्यु र बगरछापमा हिमपात रोकिएर बर्षा भैरहेको छ ।
प्रतिक्रिया