जनकपुरधाम । जनकपुरधामको प्रमुख धार्मिकस्थल जानकी मन्दिरको प्राङ्गणमा सामुदायिक प्रहरी सेवा केन्द्र धनुषाद्वारा गरिएको सांस्कृतिक कार्यक्रममा अश्लिल गीत एवं नृत्य प्रदर्शन गरिएपछि सामाजिक सञ्जालमा कडा आलोचना भईरहेको छ ।
प्रशासनिक अधिकारी एवं राजनीतिकर्मी सहभागी रहेको सो कार्यक्रममा यस प्रकारको गीत नृत्य हुँदा पनि कसैले नरोकेकोमा उनीहरुको पनि आलोचना भएको ।
कार्यक्रममा उद्योग वन तथा पर्यटन मन्त्री रामनरेश राय पनि सहभागी थिए । मधेश अधिकार संघर्ष समितिका संयोजक सरोज मिश्रले अरुको बिहेमा डिजे बन्द गराउने प्रशासन अचेल जानकी मन्दिरको प्रांगणमै अर्धनग्न नृत्यमा रमाएको टिप्पणी गरे ।
आयोजकले सोचेका थिए होला भोजपुरीको ललिपप बोलको गीतले मधेसी र मधेशवाशीलाई खुशी पार्न सकिन्छ तर, प्रभाव उल्टो पर्यो ।
युवा अभियानी दीपक ठाकुरले यस्ता नृत्यले संस्कार विगारेको आरोप लगाएका छन् । खबर राजधानी दैनिकमा छापिएको छ ।
प्रतिक्रिया