शिक्षक, कर्मचारीहरुलाई जस्तै खेलाडीहरुलाई पनि पेन्सन दिनुपर्छः सांसद दुर्गाकुमारी

१ बर्ष अगाडि

काठमाडौं- सत्तारुढ नेपाली काँग्रेस राष्ट्रियसभाकी सांसद दुर्गाकुमारी गुरुङले खेलाडीहरुलाई पनि पेन्सन दिने व्यवस्था मिलाउन गर्न सरकारसँग माग गरेकी छिन् । सोमबार राष्ट्रियसभा बैठकमा विशेष समय लिएर बोल्दै सांसद गुरुङले उमेर हदको व्यवस्था गरी राष्ट्रिय तथा अन्तराष्ट्रिय क्षेत्रमा सम्मान पाएका खेलाडीहरुलाई शिक्षक, कर्मचारीहरुलाई जस्तै पेन्सन दिने व्यवस्था गर्न सरकारसँग माग गरेकी हुन् ।

उनले सबै उमेर समूहका नागरिकका लागि खेल खेल्नका लागि आवश्यक व्यवस्था मिलाउन पनि सरकारको गम्भिर ध्यानाकर्षण गराइन् । खेलकुद क्षेत्रको विकासले मुलुकको विकास र समृद्धि समेत हुने तथा नागरिकहरु पनि स्वस्थ हुने भएकाले त्यस क्षेत्रको विकासमा सरकारले विशेष ध्यान दिनुपर्ने उनको भनाई थियो । सांसद गुरुङले युवाहरुलाई सही बाटोमा ल्याउन पनि खेलकुद क्षेत्रमा उनीहरुको सहभागिता गराउन सरकारले ध्यान दिनुपर्ने आवश्यकता औल्याइन् 

१ बर्ष अगाडि

प्रतिक्रिया