बेलायतमा मुद्रास्फी ४० वर्षयताकै उच्चदरमा, मन्दीको संकेत

१ बर्ष अगाडि

काठमाडौं- बेलायतमा मुद्रास्फीति ४ दशकयताकै उच्चदरमा पुगेको छ। 

बेलायतको मुद्रास्फीति दर १०.१ प्रतिशत पुगेको छ। जुन ४० वर्षयताकै उच्च हो। 

बेलायतस्थित अर्थशास्त्रीको टिम ग्रुप अफ सेभनका अनुसार यो उचाइसँगै बेलायतमा कस्ट अफ लिभिङ अगस्टमा झनै बढेको छ भने उपभोक्ताको विश्वास झनै घटेको छ। 

बेलायतको केन्द्रीय बैंक ‘बैंक अफ इंग्ल्यान्ड’ले बेलायतमा ३ महिनापछि मन्दी आउन सक्ने अनुमान गरेको छ। यसो भएमा बेलायत सन् २०२४ सम्म मन्दीबाट बाहिर निस्कन नसक्ने बैंकको भनाइ छ। 

यसअघि सन् २००८ मा पनि बेलायत आर्थिक मन्दीको चपेटामा परेको थियो भने त्यसबाट बाहिर आउन बेलायतलाई अन्य युरोपेली मुलुकको तुलनामा लामो समय लागेको थियो। –एजेन्सी

१ बर्ष अगाडि

प्रतिक्रिया