यसकारण संघमै रोजेका कर्मचारी समायोजनमा ढिलाइ

आइतबार, २७ माघ २०७५, ०७ : २५

काठमाडौं । कर्मचारी समायोजन प्रक्रियामा सहभागी प्रशासन सेवाका ४ सय ५६ शाखा अधिकृतले प्रदेश र स्थानीय तह रोजेका छन् ।

जसमध्ये ३ सय ५० जना शाखा अधिकृतले प्रदेश रोजेका छन् भने स्थानीय तह रोज्नेको संख्या १ सय ६ रहेको छ । कुल २ हजार ८ सय ८९ शाखा अधिकृतमध्ये बाँकी रहेका ४ सय ३३ जनाले संघ रोजेको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ । अझै २ हजार शाखा अधिकृतको कार्यबिभाजनको टुंगो लाग्न बांकी छ ।

त्यसै गरी प्रदेश र स्थानीय रोज्ने प्रशासनतर्फका १२ जना उपसचिवले प्रदेश र स्थानीय तह रोजेका छन् । प्रदेश रोज्ने उपसचिवको संख्या ८ रहेको छ भने ४ जना उपसचिवले स्थानीय तह रोजेका छन् ।
तर संघमै रोजेका कर्मचारीलाई समायोजन गर्नमा ढिलाइ हुने भएको छ । अधिकाशं कर्मचारीले संघमै समायोजन रोजेको अवस्थामा प्रदेश र स्थानीय तहमा पदपूर्ति नभएसम्म ती कर्मचारीको समायोजनमा ढिलाइ हुने भएको हो । नेपाल समाचारपत्र दैनिकमा खबर छ । 

आइतबार, २७ माघ २०७५, ०७ : २५

प्रतिक्रिया