काठमाडौं- काठमाडौंको मखन टोलमा आगलागी हुँदा एकजनाको मृत्यु भएको छ । महानगरपालिका वडा नम्बर २४ स्थित मखन टोलमा लागेको आगलागीमा परी एकजना महिलाको मृत्यु भएको काठमाडौं प्रहरी प्रवक्ता अपिलराज बोहराले जानकारी दिए । मृत्यु हुनेको सनाखत भएको छैन ।
सुरज आर्केड पछाडि गल्लीमा रहेको दयाराम श्रेष्ठको ४ तले घरबाट आगलागी सुरू भएको थियो । माटो र काठले बनेको कच्ची घरको तेस्रो तल्लामा ग्याँस लिक भई आगलागी सुरु भएको प्रहरीले जनाएको छ । दयारामको घरसँगै रहेको रुकेश श्रेष्ठको ५ तले पक्की घरमा समेत आगो सल्किएको थियो ।
आगो निभाउन काठमाडौं र ललितपुरका ६ वटा दमकल प्रयोग गरिएको छ । आगो निभाउन नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र महानगर प्रहरी खटिएका छन् । आगो नियन्त्रणमा लिने प्रयास भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया