रवीन्द्र मिश्रलाई इजलासमा उपस्थित गराउन सर्वोच्चको आदेश

बुधबार, ३१ बैशाख २०८२, १४ : ३८

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टीका उपाध्यक्ष रवीन्द्र मिश्रको तर्फबाट बन्दीप्रत्यक्षीकरण रिटमा सर्वोच्च अदालतले अनुसन्धानको मिसिलसहित र बन्दी मिश्रलाई अदालतमा उपस्थित गराउन आदेश गरेको छ ।

बुधबार न्यायाधीश सुनिलकुमार पोखरेलको इजलासले कारण देखाऊ आदेश जारी गर्दै शुक्रबार मिश्रलाई इजलासमा उपस्थित गराउन आदेश गरेको हो ।  

गत चैत्र १५ गते काठमाडौँको तीनकुनेमा राजावादी समूहले हिंसात्मक गतिविधि गरेको भन्दै प्रहरीले मिश्र सहित दुर्गा प्रसाईं लगायतलाई पक्राउ गरेको थियो । मिश्रमाथि प्रहरीले राज्यद्रोह, संगठित अपराध, आपराधिक उपद्रव कसुरमा अनुसन्धान गरिरहेको छ ।  
 

बुधबार, ३१ बैशाख २०८२, १४ : ३८

प्रतिक्रिया