मंसिर ४ गते हुँने निर्वाचनमा एमालेलाई जिताउन सक्रियका साथ सहभागिता जनाउँने छौं : योगेश भट्टराई

आइतबार, १२ भदौ २०७९, २१ : ४५

काठमाडौं - नेकपा एमालेका केन्द्रिय सचिव तथा प्रतिनिधि सभाका सदस्य साथै पूर्व मन्त्री योगेश कुमार भट्टराईले आगामी मंसिर ४ गते हुँने प्रतिनिधि तथा प्रदेश सभाको निर्वाचनमा सक्रियका साथ सहभागिता जनाउँन आग्रह गरेका छन् । 

ताप्लेजुङ काठमाडौं सम्पर्क मञ्चको आयोजनामा सम्पन्न भएको तीज विशेष कार्यक्रमलाई सम्बोधन गर्दै उनले यसो भनेका हुन् । मुलुकको भाग्य भविष्य, जनताको भाग्य भविष्यको पूर्व सन्ध्यामा प्रवेश गरिसकेको बताउँदै उनले भने, आगामी मंसिर ४ गते हुने निर्वाचनमा एकताका साथ सक्रिय सहभागिता जनाउँदै नेकपा एमालेलाई जिताउनमा लाग्ने छौं भन्ने आशा लिएको छु ।’ 

यस्तै नेपालमा मनाइने सम्पूर्ण चाड पर्वहरू साझा पर्वको रुपमा स्थापित हुँदै गएको पनि बताए । साथै सांस्कृतिक, सामाजिक एकताको सहकार्यमा सहयोग गरेको भन्दै ताप्लेजुङ काठमाडौं सम्पर्क मञ्चलाई पनि धन्यबाद दिएका छन् । 

आइतबार, १२ भदौ २०७९, २१ : ४५

प्रतिक्रिया