नेपालि कांग्रेसद्धारा ताप्लेजुङ ‘ख’मा हाङगामको नाम शिफारिस

१ बर्ष अगाडि

ताप्लेजुङ- नेपाली कांग्रेस तालेजुङले आगामि मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनका लागि ताप्लुङको प्रदेश निर्वाचन क्षेत्र नं। खको प्रतक्ष तर्फकोे उम्मेदारमा खगेन सिं हाङ्गामको नाम सिफारिस भएको छ ।

विहिबार बसेको क्षेत्रीय बैठकले हाङ्गामको एकल नाम सिफारिस गर्ने भएको श्रोतले जनाएको छ । पार्टीले एक महिला सहित तीन जनाको नाम सिफारिस गर्ने अधिकार भए पनि एकल नाममा सहमती भएको श्रोतले जनाएको हो ।

समानुपातिकमा भने सात जनाको दावी रहेको छ । यता प्रदेश नम्बर एकले भने भोलि मात्रै सिफारिस गर्ने भएको छ । आज आकाक्षीहरुको नाम संकलन गरिएको छ ।

१ बर्ष अगाडि

प्रतिक्रिया