माधव नेपालले नेतृत्व गरेको पार्टी कहिल्यै कमजोर हुदैन सहरी : मन्त्री चौधरी

१ बर्ष अगाडि

काठमाडौं - नेकपा एकीकृत समाजवादीका पोलिट्व्यूरो सदस्य एवं सहरी विकास मन्त्री मेटमणि चौधरीले माधव नेपालले नेतृत्व गरेको पार्टी कहिल्यै कमजोर हुन नसक्ने बताएका छन् । 

एकीकृत समाजवादी गल्छी गाउँपालिकाले आयोजना गरेको कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रममा बोल्दै मन्त्री चौधरी भने, ‘माधव नेपालले जहिल्यै पार्टी निर्माण गर्नुभएको छ । कम्युनिष्ट पार्टीको संगठन बनाएर विशाल पार्टी बनाउने नेता हो उहाँ । लाखौँलाख कार्यकर्ता निर्माण गरेर नेपालको कम्युनिष्ट आन्दोलनलाई लोकप्रिय बनाउने नेता हो उहाँ । शान्ति, संविधान र लोकतन्त्रका निम्ति जीवन समर्पण गरेको नेता हो माधव नेपाल । त्यसकारण तपाईहरु ढुक्क हुनुस्, माधव नेपालले नेतृत्व गरेका पार्टी कहिल्लै कमजोर हुदैन ।’  

पार्टी विद्रोहको औचित्यबारे मन्त्री चौधरीले सुनाए, ‘तपाईँहरुलाई माधव नेपालले किन विद्रोह गर्नुप¥यो, राजेन्द्र पाण्डे, गंगालाल तुलाधरले किन विद्रोह गर्नु प¥यो भन्ने पक्कै लागेको होला । अथवा हामीहरुले नयाँ पार्टी निर्माण किन गर्नु प¥यो भन्ने मुख्य कुरा हो । यदि हामीले विद्रोह नगरेको भए नेपालमा कम्युनिष्ट पार्टीको औचित्य समाप्त हुन्थ्यो । त्यत्रो ठुलो पार्टी बनाएर पनि हुँदोरहेनछ भन्ने जनतामा मनोविज्ञान निर्माण हुने थियो । अर्काे कुरा कम्युनिष्टहरु तानाशाही हुन्छन् । संवैधानिक सर्वाेच्चता मान्दैनन् भन्ने कुरा स्थापित हुन्थ्यो । हो, यस्ता प्रश्नहरुको हामीले जवाफ दिनु पर्ने भयो । अझै पनि मुलुकमा कम्युनिष्ट आन्दोलनको औचित्य छ र यसलाई पुनर्गठन गर्नुै पर्ने आवस्यकता भयो । जनताले पहिलो पटक बनाएको संविधान जोगाउनुपर्ने भयो ।’ 

करिब एक घण्टा प्रशिक्षणात्मक मन्तव्य राखेका मन्त्री चौधरीले ओली नेतृत्वको एमाले सबैभन्दा भ्रष्ट, सबैभन्दा घुसखोरी र सबैभन्दा धेरै दलालहरुको अखडा बनिसकेपछि विद्रोह अनिवार्य बनेको धारणा राखे । हरेक युगमा अन्याय, शोषण र दमनका विरुद्ध विद्रोह भएको इतिहास रहेकाले एमालेबाट गरिएको विद्रोह माक्र्सवादी दर्शन शास्त्रीय कोणबाट समेत जायज रहेको मन्त्री चौधरीको भनाई थियो । 

कार्यक्रममा एकीकृत समाजवादीका केन्द्रीय अनुशासन आयोग सदस्य कृष्णहरि श्रेष्ठ, जिल्ला सचिव सुवास खतिवडा, तामाङ महासंघका केन्द्रीय उपाध्यक्ष विर बहादुर तामाङ लगायतले आफ्ना भनाई राखेका थिए । 
 

१ बर्ष अगाडि

प्रतिक्रिया