चुनावपछि सडकमा जाने प्रचण्डको घोषणा

१ बर्ष अगाडि

काठमाडौं - माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चुनावपछि सडकमा जाने घोषणा गरेका छन् । निर्वाचन र शासन प्रणाली बदल्नुपर्ने भन्दै उनले आगामी चुनावपछि आफू सडकमा जाने बताएका हुन् ।

‘चुनावपछि यो प्रणाली बदल्न सडकमा जान्छु’ समाजवादको नेपाली मार्गचित्र विषयक कार्यक्रममा प्रचण्डले भने, ‘सडकबाटमात्रै संविधानमा हामीले व्यवस्था गरेको समाजवाद प्राप्त गर्न र यो मेसिनरी बदल्न जनताको बीचमा जानुको विकल्प छैन ।’

प्रचण्डले अहिलेको निर्वाचन प्रणाली कायमै  राखेर भ्रष्टाचारमुक्त समाजको परिकल्पना गर्नु उचित नहुने समेत बताए ।


 

१ बर्ष अगाडि

प्रतिक्रिया