गठबन्धनलाई एमालेले जित्छ भन्ने डर छ : योगेश भट्टराई

१ बर्ष अगाडि

काठमाडौं - नेकपा एमालेका सचिव तथा प्रतिनिधिसभा सदस्य योगेश भट्टराईले आगामी मंसिर ४ गते हुने प्रतिनिधि तथा प्रदेश सभा सदस्यको निर्वाचनमा एमालेले जित्छ भन्ने डर वर्तमान गठबन्धनमा रहेको बताएका छन् । 

गृह जिल्ला ताप्लेजुङमा प्रेस चौतारी नेपालले बुधबार आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै भट्टराईले एमालेले जित्छ भन्ने डरले विचार र सिद्धान्त नमिल्ने शक्तिहरू बीच गठबन्धन गरिएको बताएका हुन् । 

नेपाली जनताले उक्त कुराको आगामी चुनावमा राम्रो सँग अभिमत जायर गर्ने विश्वास व्यक्त गरे । मंसिर ४ को निर्वाचनमा एमालेले सम्पूर्ण अस्त्रहरू प्रयोग गर्ने बताउँदै उनले भने, 'वर्तमान देशको स्थितिलाई सम्हाल्न एमालेले मंसिर ४ पछि देशको बागडोर लिनुपर्छ ।' 

माओवादी केन्द्र, नेपाली कांग्रेस र नेकपा एस बीच विचारको समानता नरहेपनि व्यक्तिगत स्वार्थको गठबन्धन बनेको भट्टराईको उनले बताए । वैचारिक हिसाबमा पुँजीवादी कित्ता नेपाली कांग्रेस र समाजवादी कित्ता कम्युनिष्टहरू रहेकोमा कम्युनिष्टवादी कित्ताको नायक एमाले रहेको र देशमा वैचारिक शक्तिहरू यिनै दुई कित्तामा ध्रुविकरण हुन जरुरी रहेको औँल्याए ।

यस्तै भट्टराईले प्रतिनिधि सभाका लागि जिल्लामा आकांक्षी धेरै रहेकोमा आपसी छलफलबाट एक जनाको नाम टुङ्गाउने बताए । छलफलबाट आएको अन्तिम नामलाई सबैले सहयोग गरेर अघि बढ्ने पनि उनले बताए । 

 
 

१ बर्ष अगाडि

प्रतिक्रिया