गौतम अडाणीको दैनिक १६ अर्ब १२ करोड कमाई

१ बर्ष अगाडि

काठमाडौं - आइआइएफएल वेल्थ हुरुन इंडिया रिच लिस्ट २०२२ बुधबार प्रकाशित भएको छ । यस लिस्टमा अडाणी ग्रुपका अध्यक्ष गौतम अडाणी १०।९४ लाख करोड भारतीय रुपैयाँको सम्पत्तिसँगै पहिलो नम्बरमा छन् । 

दोस्रो नम्बरमा रिलायंस इन्डस्ट्रीजका अध्यक्ष मुकेश अम्बानी छन् । उनको सम्पत्ति ७.९४ लाख करोड रुपैयाँ छ । ३० सेप्टेम्बर २०२१ मा जारी भएको पछिल्लो हुरुन लिस्टपछि अडाणीले हरेक दिन १६१२ करोड रुपैयाँले सम्पत्ति बढेको देखिएको छ ।

 अम्बानीले यो अवधिमा हरेक दिन २१० करोड कमाई गरेका छन् । अडाणीको सम्पत्तिमा ११६ प्रतिशतको वृद्धि भएको छ भने अम्बानीको सम्पत्तिमा ११ प्रतिशतको मात्रै वृद्धि देखिएको छ । 

२०२१ को हुरुन रिच लिस्टमा अम्बानी पहिलो र अडाणी दोस्रो नम्बरमा परेका थिए । यो सूचीमा तेस्रो नम्बरमा साइरस पूनावाला, चौथोमा पर नाडार र ५ औं नम्बरमा राधाकिशन दमानीको नाम छ । 

भारतको सबैभन्दा नयाँ एडटेक यूनिकर्न फिजिक्स वाला को–फाउंडर अलख पाण्डे, प्रतीक माहेश्वरी र क्विक कमर्स जेप्टाको को–फाउंडर कैवल्य वोहरा पहिलापटक हुरुन इंडिया रिच लिस्टमा समावेश भएका हुन ।

हुरुन लिस्टको सुरुवातपछि पहिलोपटक लिस्टमा समावेश धनीहरुको कुल सम्पत्ति १ सय लाख करोड रुपैयाँ पुगेको छ । यो सिंगापुर, यूएई र साऊदी अरबको संयुक्त जीडीपी भन्दा धेरै हो । 

हुरुनले आईआईएफएल वेल्थसँगको साझेदारीमा हुरुन इन्डिया रिचलिस्टको ११ औं वार्षिकोत्सव संस्करण सुरु भएको हो ।

१ बर्ष अगाडि

प्रतिक्रिया