नेपाली मुद्रा हालसम्मकै कमजोर

१ बर्ष अगाडि

काठमाडौं - अमेरिकी डलरको तुलनामा नेपाली मुद्रा हालसम्मकै कमजोर बनेको छ । 

नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि तय गरेको विनिमय दरअनुसार १ डलरको बिक्री दर १२९.६८ रुपैयाँ पुगेको छ । यसअघि हिजो अमेरिकी डलरको बिक्रीदर १२९.०८ रुपैयाँ पुगेको थियो । जुन हालसम्मकै उच्च थियो ।  

नेपाली रुपैयाँको भारतीय रुपैयाँसँग स्थिर विनिमय दर रहेको छ । अमेरिकी डलरको तुलनामा भारुको मूल्य कमजोर हुँदा त्यसको सोझो प्रभाव नेपाली रुपैयाँमा पर्ने गरेको छ । 

गत बुधबार अमेरिकाको फेडरल रिजर्भले ब्याजदर थप ७५ बेसिस प्वइन्टले बढाएको छ। मुद्रास्फीति नियन्त्रण गर्न अमेरिकाको केन्द्रीय बैंकले ब्याजदर बढाएको हो । योसँगै डलर पनि बलियो बनेको हो । 


 

१ बर्ष अगाडि

प्रतिक्रिया