काठमाडौं– पदाधिकारी नियुक्तिमा सरकारले ढिलाई गरेको भन्दै चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)का कर्मचारी आन्दोलित बनेका छन् ।
पदाधिकारीको नियुक्ती टुंगो नलाग्दा न्याम्स सहित वीर र ट्रमा सेन्टरको कामकारवाही प्रभावित भएको भन्दै प्रतिष्ठान कर्मचारी युनियनले आजदेखि एक घण्टा धर्नाको कार्यक्रम सुरु गरेको हो ।
न्याम्समा १९० दिनदेखि पदाधिकारीविहीन भएकाले पदाधिकारी नियुक्त गर्न माग राख्दै धर्ना दिन सुरु गरिएको युनियनका सचिव दिपक मुडभरीले बताए ।
सरकारले न्याम्सको उपकुलपतिमा डा डिएन शाहलाई नियुक्त गरेको बताइएपनि आधिकारिक रुपमा भने कुनै जानकारी गराइएको छैन ।
नेकपा र सत्ता साझेदार दल संघीय समाजवादी फोरमबीच पदाधिकारी भागबन्डामा कुरा नमिल्दा नियुक्तीमा ढिलाई भएको बताइएको छ ।
प्रतिक्रिया