कञ्चनपुरको पुनर्वासबाट १८ किलो सुन बरामद, एक जना पक्राउँ

विहीबार, ०२ फागुन २०७५, १६ : १२

काठमाडौं– कञ्चनपुरको पुनर्वासबाट प्रहरीले १८ किलो सुन बरामद गरेको छ । केन्द्रिय अनुसन्धान ब्युरो, महानगरीय अपराध महाशाखा, जिल्ला प्रहरी कार्यालय कैलाली र ईप्रका त्रिभुवन बस्तिबाट खटिएको संयुक्त टोलीले १८ किलो सुन बरामद गरेको बताईएको छ । 

पुनर्वास नगरपालिका–२ स्थित त्रिभुवन बस्तिको "उक" घरमा लुकाएर राखेको अवस्थामा करिब १८ किलो सुन बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख (एसपी) आभुषण तिम्सिनाले जानकारी दिए । 

प्रहरीले सुन ओसार–पसारमा संलग्न एक जनालाई नियन्त्रणमा लिएको छ । घरमा लुकाएर राखेको अवस्थामा १०८ टुक्रा सुनको बिस्कुट फेला परेको घट्नास्थलमा पुगेका प्रहरी नायव उपरिक्षक (डिएसपी) रुगम कुँवरले बताएका छन् ।

विहीबार, ०२ फागुन २०७५, १६ : १२

प्रतिक्रिया