प्रचार प्रसारमा बालबालिका प्रयोग गरेको भन्दै सूर्य थापालाई २४ घण्टे स्पष्टीकरण

आइतबार, १३ कार्तिक २०७९, ०९ : ४७

काठमाडौं  निर्वाचन आयोगले नेकपा एमालेका उम्मेदवार सूर्य थापालाई स्पष्टीकरण सोधेको छ । 

आयोगले प्यूठानबाट उम्मेदवार बनेका थापालाई चुनावी प्रचार प्रसारमा बालबालिका प्रयोग गरेको भन्दै २४ घण्टे स्पष्टीकरण सोधेको हो ।

‘निर्वाचनका प्रक्रिया अगाडि बढिसकेको तथा निर्वाचन आचारसंहिता लागू भइसकेको अवस्थामा तपाईंले किन जानाजान रुपमा निर्वाचन आचारसंहिताको उल्लंघन हुने कार्य गर्नुभएको हो ?’ आयोगले सोधेको छ ।

आइतबार, १३ कार्तिक २०७९, ०९ : ४७

प्रतिक्रिया