ललितपुर–३ मा एमालेलाई पछ्याउँदै तोसिमा, भुसाल तेस्रो स्थानमा

सोमबार, ०५ मंसिर २०७९, १३ : ४१

काठमाडौं- ललितपुर–३ मा नेकपा एमालेको नै अग्रता रहेको छ ।  

पछिल्लो मत परिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार तोसिमा कार्कीले पम्फा भुसाललाई उछिनेकिछिन् ।

एमालेका उम्मेदवार अमृत खड्का ९३६ मतसहित अग्रस्थानमा छन् ।

उनलाई पछ्याउदै कार्कीले ८७५ मत ल्याएर दोस्रो स्थानमा पुगेकी छिन् । नेकपा माओवादीकी भुसालले ७७५ मत प्राप्त गरेर तेस्रो स्थानमा छिन् ।

सोमबार, ०५ मंसिर २०७९, १३ : ४१

प्रतिक्रिया