ठकुरीलाई उछिन्दैँ विनोद चौधरीले फेरि अग्रता लिए, कतिको मतान्तर ?

मंगलबार, ०६ मंसिर २०७९, १२ : १७

काठमाडौं- नवलपरासी क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका उम्मेदवार विनोद चौधरीले फेरि अग्रता लिएका छन्।

यसअघि उनलाई राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारले पछि पारेका थिए।

१९ हजार पाँच सय ५० मत गणना गर्दा चौधरीले ५९६० मत ल्याएका छन्।

यहाँ राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार महेन्द्रसेन ठकुरीले चौधरीलाई पछ्याइरहेका छन्। ठकुरीले ५७८९ मत ल्याएका छन्।

जनता प्रगतिशील पार्टीका उम्मेदवार हृदयेश त्रिपाठीले ३८०३ मत ल्याएका छन्। राप्रपाका उम्मेदवार भोजराज ढकालले ७१४ मत ल्याएका छन्।

मंगलबार, ०६ मंसिर २०७९, १२ : १७

प्रतिक्रिया