काठमाडौं–२ अपडेट : सोविता गौतमको अग्रता कायमै,एमाले दोस्रो स्थानमा

मंगलबार, ०६ मंसिर २०७९, १२ : ४३

काठमाडौं–२ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार सोविता गौतमले अग्रता कायमै राखेकी छन् ।

मंगलबार दिउँसो १२ बजेसम्मको मतगणनाको नतिजा अनुसार उनले ५ हजार ३३४ मत ल्याएकी छन् । 

सो क्षेत्रमा दोस्रो स्थानमा छन्, नेकपा एमालेका मणिराम फुयाल । उनको मत संख्या ३ हजार ८०१ छ । नेकपा माओवादी केन्द्रकी ओनसरी घर्तीले भने ३ हजार ७९१ मत पाएकी छन् । 

मंगलबार, ०६ मंसिर २०७९, १२ : ४३

प्रतिक्रिया