गुल्मी १ मा प्रदिप ज्ञवालीलाई हराउँदै कांग्रेसका चन्द्र भण्डारी विजयी

१ बर्ष अगाडि

गुल्मी १ मा नेपाली कांग्रेसका चन्द्र भण्डारी विजयी भएका छन्।

 एमालेका उपमहासचिव प्रदिप ज्ञवालीलाई नेपाली कांग्रेसका चन्द्र भण्डारी विजयी भएका हुन् । सत्ता गठबन्धनबाट उम्मेदवार बनेका भण्डारीले नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीलाई १ हजार ५९२ मतान्तरले पराजित गरेका हुन् । आधिकारीक रुपमा विजेता घोषणा हुन भने बाँकी रहेको छ । भण्डारीले ३३ हजार ७४४ मत ल्याउँदा ज्ञवालीले ३२ हजार १५२ मत ल्याए ।

 

यो क्षेत्रमा २०७४ मा ज्ञवाली निर्वाचित भएका थिए।

१ बर्ष अगाडि

प्रतिक्रिया