इलाम १ मा एमालेको पछि पछि झलनाथ खनाल, २ मा नेम्वाङको अग्रता

१ बर्ष अगाडि

काठमाडौं- इलामको प्रतिनिधि सभा क्षेत्र नम्बर १ र २ मा मतगणना चलिरहेको छ ।

इलाम–१ मा एमालेका महेश बस्नेत र नेकपा (एकीकृत समाजवादी) का नेता झलनाथ खनालबीच प्रतिस्पर्धा छ । 

पछिल्लो मत परिणामअनुसार बस्नेतले खनाललाई पछाडि पारेका छन् ।  यो क्षेत्रमा रोकिएको मतगणना हिजो बिहीवार बेलुकादेखि पुनः सुरु भएको थियो । बस्नेतले १२ हजार २ सय ७५ मत पाउँदा खनालले १० हजार ६ सय ३३ मत प्राप्त गरेका छन् । 

यस्तै इलाम क्षेत्र नम्बर–२ मा एमाले उपाध्यक्ष सुवासचन्द्र नेम्वाङले अग्रता लिई रहेका छन् । उनले २० हजार ७१ मत प्राप्त गर्दा प्रतिस्पर्धी कांग्रेसका डम्बरबहादुर खड्काले १८ हजार ३ सय ६ मत ल्याएर पछ्याइ रहेका छन् ।  नेम्वाङ र खड्काबीच १ हजार ७ सय ६५ मताअन्तर रहेको छ ।

१ बर्ष अगाडि

प्रतिक्रिया