मुचुल्काभन्दा बढी मत भेटिएपछि बाजुरामा मतगणना रोकियो

शुक्रबार, १६ मंसिर २०७९, ०९ : ५६

काठमाडौँ / बाजुरामा मतगणना रोकिएको छ । मत पेटीकामा मुचुल्काभन्दा बढी मत भेटिएपछि मत गणना रोकिएको हो ।

बाजुराको हिमाली गाउँपालिका– ६ धिम मतदान केन्द्रको मतगणनाका क्रममा मुचुल्काभन्दा बढी मत भेटिएपछि मतगणना रोकिएको छ । 

प्रतिनिधिसभाको मतगणना गर्दा मतदान अधिकृतले मुचुल्का गरेकोभन्दा ४० मत बढी खसेको पाइएपछि मतगणना रोकिएको हो ।

शुक्रबार, १६ मंसिर २०७९, ०९ : ५६

प्रतिक्रिया