प्रिमियर र प्रभु इन्स्योरेन्सको शेयर कारोबार फुकुवा, आइतबारदेखि कारोबारमा

१ बर्ष अगाडि

काठमाडौं- नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले प्रिमियर इन्स्योरेन्स र प्रभु इन्स्योरेन्सको शेयर कारोबार फुकुवा गरेको छ । 

 मंसिर १५ गते बसेको बैठकले कारोबार फुकुवा गर्ने निर्णय गरेको हो । अब यी दुवै कम्पनीको शेयर आइतबारदेखि किनबेच गर्न सकिनेछ ।  

धितोपत्र दर्ता गराएका संगठित संस्था एक आपसमा गाभ्ने गाभिने तथा प्राप्ति सम्बन्धी निर्देशिका अनुसार मर्जर प्रकृया रहेका दुबै कम्पनीले शेयर कारोबार फुकुवा गर्न अनुरोध गरेका थिए ।

प्रभु इन्स्योरेन्स शेयर कारोबार फुकुवा गर्न मंसिर ११ गते र प्रिमियर इन्स्योरेन्सले मंसिर १२ गते नेप्सेमा आवेदन दिएका थिए ।

सोहि निवेदन अनुसार नेप्सेले दुबै कम्पनीको आधारभूत शेयरधनी बाहेकका शेयरधनीहरुको शेयर कारोबार फुकुवा गरेको हो ।

प्रिमियर इन्स्योरेन्स र सिद्धार्थ इन्स्योरेन्सबीच मर्जर प्रकृयामा रहेका छन् । सिद्धार्थ इन्स्योरेन्सको यस अघिनै शेयर कारोबार खुलिसकेको छ ।

यस्तै प्रभु इन्स्योरेन्स र अजोड इन्स्योरेन्सबीच पनि मर्जर सम्बन्धी सम्झौता भएको थियो । प्रभु इन्स्योरेन्स शेयर कारोबार फुकुवा भएपछि अजोडको भने भएको छैन् ।

१ बर्ष अगाडि

प्रतिक्रिया