शेयर बजारमा सामान्य अंकको वृद्धि, डेढ अर्ब बढीको कारोबार

१ बर्ष अगाडि

काठमाडौं- साताको पहिलो कारोबार दिन (आइतबार) नेपाल स्टक एक्सचेञ्ज (नेप्से) सामान्य अंकले बढेको छ ।  यस दिन नेप्से परिसूचक २.१६ अंक बढेर १९६३.२२ विन्दुमा पुगेको छ।

यस दिन २४३ स्टकको २६ हजार १५० पटकको कारोबारमा १ अर्ब ५६ करोड १७ लाख रुपैयाँ बराबरको ३६ लाख ९४ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

नेप्से झिनो अंक बढेपनि धौलागिरी लघुवित्तको शेयरमूल्य भने सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। सो लघुवित्तको शेयरमूल्य यस दिन ९.९८ प्रतिशत अर्थात २९ रुपैयाँ २० पैसा बढेर ३२१ रुपैयाँ ८० पैसामा अन्तिम कारोबार भएको छ। त्यसैगरी, यस दिन ओरियन्टल होटल र खप्तड लघुवित्तको शेयरमूल्य ६ प्रतिशतभन्दा बढी बढेको छ।

यस दिन नेष्डो समृद्ध लघुवित्तको शेयरमूल्य सर्वाधिक ६.११ प्रतिशत घटेको छ। त्यसैगरी, नबिल बैंकको शेयरमूल्य करिब साढे ३ प्रतिशत घटेको छ भने अन्य स्टकहरुको गिरावटदर ३ प्रतिशतभन्दा कम रहेको छ।

कारोबार रकमका आधारमा यस दिन नबिल बैंक शीर्ष स्थानमा रहेको छ। सो बैंकको यस दिन १९ करोड ८० लाख ६७ हजार रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ। सर्वाधिक शेयरमूल्य घटेको नेष्डो समृद्ध लघुवित्तको भने यस दिन ८ करोड ७७ लाख रुपैयाँ बराबरको शेयर किनबेच भएको छ।

१३ उपसमूहमध्ये यस दिन ९ उपसमूहको परिसूचक बढेको छ भने बाँकी ४ उपसमूहको परिसूचक घटेको छ। यस दिन जीवन बीमा उपसमूहको परिसूचक सर्वाधिक १.९८ प्रतिशत बढेको छ भने होटल तथा पर्यटनको १.६५ प्रतिशत बढेको छ। कारोबारमा आएको वित्त उपसमूहको परिसूचक यस दिन सर्वाधिक ०.६१ प्रतिशत घटेको छ।

 

 

१ बर्ष अगाडि

प्रतिक्रिया