युनिलिभर नेपालको लाभांश पारित

शुक्रबार, २३ मंसिर २०७९, ११ : ४६

युनिलिभर नेपालको २९ औँ वार्षिक साधारणसभाबाट आर्थिक वर्ष २०७८–७९को नगद लाभांश अनुमोदन भएको छ। 

काठमाडौको बानेश्वरस्थित एभरेस्ट होटेलमा मंसिर २० गते सम्पन्न वार्षिक साधारणसभाले उक्त आर्थिक वर्षका लागि प्रस्तावित प्रतिकित्ता १ हजार २१५ रुपैयाँ नगद लाभांश अनुमोदन गरेको हो। 

लाभांश र वार्षिक साधारणसभा प्रयोजनार्थ कम्पनीले गत मंसिर ४ गते बुक क्लोज गरेको थियो । यसको अर्थ मंसिर ३ गतेसम्म कायम रहेका सेयरधनीहरुले नगद लाभांश पाउनेछन्।

वार्षिक साधारणसभाबाट स्वीकृत भएको लाभांश सेयरधनीहरुले ४५ दिनभित्र पाउने कम्पनीले जनाएको छ। 

शुक्रबार, २३ मंसिर २०७९, ११ : ४६

प्रतिक्रिया