थाहा पाउनुहोस् आजको मौसम

आइतबार, २५ मंसिर २०७९, ०८ : ३६

काठमाडौं / हाल देशमा उल्लेखनीय मौसमी प्रणाली छैन । मुलुकका विभिन्न क्षेत्रमा बदली छ भने तराईका केही स्थानमा हुस्सु लागेको छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो लुम्बिनी र गण्डकीमा आंशिक बदलीको सम्भावना छ बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ । 

सोमबार प्रदेश १, मधेश, गण्डकी र बागमतीमा आंशिक बदलीको आकलन गरिएको छ ।
 

आइतबार, २५ मंसिर २०७९, ०८ : ३६

प्रतिक्रिया