एनएमबि लघुवित्तको निमित्त सिइओको जिम्मेवारी बिरु राम जैशीलाई

आइतबार, २५ मंसिर २०७९, १८ : ५५

काठमाडौं, एनएमबि लघुवित्त वित्तीय संस्था लिमिटेडको निमित्त प्रमुख कार्यकारी अधिकृत (निमित्त सिइओ)को जिम्मेवारी संस्थाका नायब प्रमुख कार्यकारी अधिकृत (डिसिइओ) बिरु राम जैशीलाई दिइएको छ ।

संस्थाका सिइओ पदमा रहेका आनन्द पाण्डे मंसिर २५ गतेदेखि आगामी पुष १ गतेसम्मका लागि बिदामा रहेको हुँदा संस्थाले जैशीलाई ६ दिनको लागि निमित्त सिइओको जिम्मेवारी दिएको हो ।

आइतबार, २५ मंसिर २०७९, १८ : ५५

प्रतिक्रिया