सिभिल बैंकको मोबाइल बैंकिङ एप चलाउँदा नेपाल टेलिकमले शुल्क नलिने

मंगलबार, २७ मंसिर २०७९, १२ : ०६

 सिभिल बैंक लिमिटेड र नेपाल टेलिकमबीच आज मोबाइल बैंकिङ एप चलाउँदा शुल्क नलाग्ने सम्झौता भएको छ। 

सम्झौतापत्रमा सिभिल बैंकका तर्फबाट चिफ बिजिनेस भोलाबहादुर बिष्ट र नेपाल टेलिकमका तर्फबाट प्रमुख व्यावसायिक अधिकृत संगीता अर्यालले हस्ताक्षर गरेका छन्। 

यो सम्झौतापत्रअनुसार आउँदो पुस १ गतेदेखि नेपाल टेलिकमको मोबाइल सेवा प्रयोगकर्ताहरुले डाटा अन गरी सिभिल बैंकको मोबाइल बैंकिङ एपमार्पmत फन्ड ट्रान्सफर, क्यूआर पेमेन्टलगायत अन्य फिचरहरुको उपयोग गर्दा कुनै पनि शुल्क लाग्ने छैन।

नेपाल राष्ट्र बैंकको विद्युतीय माध्यममार्फत कारोबार गर्न प्रोत्साहन गर्ने नीतिबमोजिम सिभिल बैंकले आफ्ना ग्राहकको सुविधालाई मध्यनजर गर्दै यो सम्झौता गरेको हो।

सिभिल बैंकको साढे ४ लाखभन्दा बढी मोबाइल बैंकिङ एपका प्रयोगकर्ताहरु यस सम्झौतापत्रबाट प्रत्यक्ष लाभान्वित हुने सिभिल बैंकका चिफ बिजिनेस भोलाबहादुर बिष्टले बताए। 

हालसम्म रु. ९५.२४ अर्ब निक्षेप संकलन गरी करिब रु. ८७.०८ अर्ब ऋण लगानी गरेको सिभिल बैंकको हाल ११५ शाखा, १३ वटा एक्सटेन्सन काउन्टर तथा १०२ एटीएममार्फत सेवा प्रदान गर्दै आएको छ।

 

 

मंगलबार, २७ मंसिर २०७९, १२ : ०६

प्रतिक्रिया