१४.५० प्रतिशत लाभांश प्रस्तावसहित गरिमा विकास बैंकले पुस २२ गते डाक्यो साधारण सभा, बुकक्लोज कहिले ?

बुधबार, २८ मंसिर २०७९, ०९ : ०९

काठमाडौं, गरिमा विकास बैंकले शेयरधनीहरुलाई वितरण गर्ने घोषणा गरेको लाभांश प्रस्ताव पारित गर्न साधारण सभा डाकेको छ। बैंकले पुस २२ गते, शुक्रबार, होटल पोखरा ग्राण्ड, विरौटा, पोखरामा सोह्रौँ वार्षिक साधारण सभा बोलाएको हो। सो सभा बिहान १० बजे शुरु हुनेछ।

सभाले हाल कायम चुक्ता पूँजीको १३ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनार्थ १.५० प्रतिशत नगद लाभांश गरी कुल १४.५० प्रतिशत लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ। 

यसका साथै, बैंकको अधिकृत पूँजी वृद्धि गरी ५ अर्ब २५ करोड कायम गर्ने, अन्य उपयुक्त बैंक तथा वित्तीय संस्था एक आपसमा मर्जर तथा एक्विजिशन सम्बन्धि कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने, प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने लगायतका प्रस्तावहरु पनि सो सभाले पारित गर्नेछ।

साधारण सभा प्रयोजनार्थ बैंकले पुस ८ गतेदेखि २२ गतेसम्म बुकक्लोज गर्ने भएको छ। यस अनुसार पुस ७ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले बैंकको साधारण सभामा सहभागिता जनाउन तथा बैंकले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।

बुधबार, २८ मंसिर २०७९, ०९ : ०९

प्रतिक्रिया