४ महिनामा ३ खर्ब ७८ अर्ब रेमिट्यान्स भित्रियो, अन्तिम श्रम स्वीकृति लिने झन्डै २ लाख

विहीबार, २९ मंसिर २०७९, १५ : ४०

चालु आर्थिक वर्षको पहिलो ४ महिनामा ३ खर्ब ७८ अर्ब ४ करोड रेमिट्यान्स भित्रिएको छ ।  

नेपाल राष्ट्र बैंकले सार्वजानिक गरेको पहिलो ४ महिनाको विवरणमा रेमिट्यान्स २०.४ प्रतिशतले बढेर ३ खर्ब ७८ अर्ब ४ करोड पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ७।० प्रतिशतले घटेको थियो ।

समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या १०२.५ प्रतिशतले बढेर १ लाख ९५ हजार १९६ पुगेको छ ।

वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या ४६.४ प्रतिशतले बढेर ८७ हजार ४२८ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या २४९.१ प्रतिशतले बढेको थियो ।

समीक्षा अवधिमा खुद ट्रान्सफर २०.२ प्रतिशतले बढेर ४ खर्ब १७ अर्ब ३८ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर ६.९ प्रतिशतले घटेको थियो।

विहीबार, २९ मंसिर २०७९, १५ : ४०

प्रतिक्रिया