२ अर्ब ४० करोड बराबर ऋणपत्र निष्कासन गर्ने स्ट्यान्डर्ड चार्टर्ड बैंकले पायो अनुमति, ब्याजदर कति ?

शुक्रबार, ०१ पुस २०७९, १५ : ०९

स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपालले २ अर्ब ४० करोड रुपैयाँबराबरको ऋणपत्र निष्कासन गर्ने भएको छ ।  

नेपाल धितोपत्र बोर्ड (सेबोन)ले ‘स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपाल ऋणपत्र’लाई बिहीबार (मंसिर २९ गते) निष्कासन अनुमति दिएको छ। 

सेबोनको अनुमतिसँगै अब स्ट्यान्डर्ड चार्टर्ड बैंकले १ हजार अंकित दरका कुल २४ लाख इकाइ ऋणपत्र जारी गर्नेछ। जसमा १४ लाख ४० हजार इकाइ व्यक्तिगत तबरबाट बिक्री गरिनेछ र बाँकी ९ लाख ६० इकाइ सर्वसाधारणका लागि निष्कासन गरिनेछ। 

यो ऋणपत्र ५ वर्षे अवधिको हो। यसमा लगानीकर्ताले वार्षिक १०.३० प्रतिशत ब्याज पाउनेछन्। 

स्ट्यान्डर्ड चार्टर्ड बैंकको यो ऋणपत्रको बिक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल रहेको छ। 
 

शुक्रबार, ०१ पुस २०७९, १५ : ०९

प्रतिक्रिया