मुक्तिनाथ क्यापिटल लिमिटेड र सम्झना ल्याबोरेटोरी प्रालिबीच क्यापिटलका ग्राहकलाई विशेष छुट दिने सम्झौता भएको छ।
सम्झौतापत्रमा क्यापिटलका वरिष्ठ प्रबन्धक अनिल महर्जन र सम्झना ल्याबोरेटोरी ललितपुरका तर्फबाट सञ्चालक रजना श्रेष्ठ जोशीले हस्ताक्षर गरेका छन्। सम्झौताअनुसार क्यापिटलको निक्षेप सेवाअन्तर्गतका हितग्राही खातावालाले उक्त क्लिनिकबाट सेवासुविधा शुल्कमा १० प्रतिशत देखि ५० प्रतिशतसम्म छुट प्राप्त गर्न सकिनेछ।
विषेशगरी यदि कोही खातावालाहरु रातो कार्ड होल्डर सदस्य (जेष्ठ नागरिक, एकल महिला र अपांगता भएका नागरिक), क्यान्सर तथा मिर्गौलाका बिरामीहरु भएमा उक्त खातावालाहरुलाई ल्याब परीक्षण गर्दा ५० प्रतिशत, एक्स–रे, ईसीजी, यूएसजी, इको परीक्षणमा २५ प्रतिशत र औषधिमा १२ प्रतिशत छुट को व्यवस्था उपलब्ध गराइनेछ। यसका साथै साधारण हितग्राही खातावालालाई ल्याब परीक्षणमा २० प्रतिशत, एक्स–रे, ईसीजी, यूएसजी र इको परीक्षणमा २० प्रतिशत र औषधिमा १० प्रतिशत छुटको व्यवस्था रहेको छ।
मुक्तिनाथ क्यापिटलमा हितग्राही खाता भएका खातावालाले आफ्नो डिम्याट खाता नम्बर र आफ्नो परिचय खुल्ने कागजात देखाई यस योजनाअन्तर्गत उक्त छुट प्राप्त गर्न सकिनेछ।
सम्झना ल्याबोरेटोरी क्लिनिकले विगत ४० वर्षदेखि विशेषज्ञ डाक्टर तथा दक्ष स्वास्थ जनशक्तिद्वारा जाँच र पर्याप्त स्रोतसाधनमार्फत उत्कृष्ट ग्राहक सेवाहरु प्रदान गर्दै आइरहेको छ। यसका साथै अन्य विभिन्न स्वास्थ संघसंस्थासँग हातेमालो गर्दै गुणस्तर सेवामुखी भावनाले यस ल्याबोरेटोरीलाई उक्त क्षेत्रकै एक नमुनाका रुपमा चिनाउन सफल भएको छ।
मुक्तिनाथ क्यापिटलले नेपाल धितोपत्र बोर्डबाट धितोपत्र व्यवसायी (मर्चेन्ट बैंकर) का रुपमा अनुमतिपत्र प्राप्त गरी निष्कासन तथा बिक्री प्रबन्ध, धितोपत्र प्रत्याभूति, सेयर रजिस्ट्रेसन, लगानी व्यवस्थापन तथा निक्षेप सदस्यसम्बन्धी सेवा विश्वसनीयताका साथ आफ्नो ग्राहकलाई प्रदान गर्दै आइरहेको छ।
प्रतिक्रिया