मुक्तिनाथ विकास बैंकको लाभांश प्रस्ताव,१३.५ प्रतिशत बोनस सेयर

आइतबार, ०३ पुस २०७९, ११ : २२

मुक्तिनाथ विकास बैंकले लाभांश प्रस्ताव गरेको छ।

बैंक सञ्चालक समितिको पुस १ गते बिहान बसेको बैठकले आर्थिक वर्ष २०७८–७९ को सञ्चित मुनाफाबाट हाल कायम चुक्तापुँजी ५ अर्ब ६५ करोड ७१ लाख ८० हजार ८५६.८४ रुपैयाँको कुल १४.२१०५ प्रतिशतबराबरको लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो। 

प्रस्तावित लाभांशमा १३.५ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.७१०५ प्रतिशत नगद लाभांश छन्। 

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि आगामी २१ औँ वार्षिक साधारणसभाबाट वितरण गरिने बैंकले जनाएको छ। 

आइतबार, ०३ पुस २०७९, ११ : २२

प्रतिक्रिया