महालक्ष्मी विकास बैंकको १०.४७ प्रतिशत लाभांश प्रस्ताव, बोनस र नगद कति प्रतिशत ?

आइतबार, ०३ पुस २०७९, १२ : ०९

काठमाडौं- महालक्ष्मी विकास बैंकले लाभांश घोषणा गरेको छ ।  

पुस १ गते बिहान बसेको बैंक सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७८–७९ को सञ्चित मुनाफाबाट हाल कायम चुक्तापुँजी ४ अर्ब १ करोड ८ लाख ८३ हजार २६९ रुपैयाँको कुल १०.४७ प्रतिशतले हुन आउने ४१ करोड ९९ लाख ३९ हजार ४७८ रुपैयाँबराबरको लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो। 

प्रस्तावित लाभांशमा ४ प्रतिशतले हुन आउने १६ करोड ४ लाख ३५ हजार ३३१ रुपैयाँबराबरको बोनस सेयर र ६.४७ प्रतिशतले हुन आउने २५ करोड ९५ लाख ४ हजार १४७ रुपैयाँबराबरको नगद लाभांश ९करसहित० छन्। 

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि आगामी २१ औँ वार्षिक साधारणसभाबाट वितरण गरिने बैंकले जनाएको छ। 

आइतबार, ०३ पुस २०७९, १२ : ०९

प्रतिक्रिया