गुराँस लाइफद्धारा १३ लाख मृत्युदावी भुक्तानी

आइतबार, ०३ पुस २०७९, १६ : २४

काठमाडौं- गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडल मृत्युदावी भुक्तानी गरेको छ । 

कम्पनीको लमजुङ शाखाले राइनास नगरपालिका वडा नम्बर ५ तिनपिप्लेका स्वर्गिय आइतवहादुर नेपालीको परिवारलाई १३ लाख रकम हस्तान्तरण गरेको हो ।

लमजुङ शाखा प्रमुख अमृतवहादुर थापाले शुुक्रवार एक कार्यक्रमका विच बीमित स्वर्गिय नेपालीको श्रीमती मिरा नेपालीलाई सो रकम बराबरको चेक हस्तान्तरण गरेका हुन ।

उक्त कार्यक्रममा राइनास गाउँपालिका वाड नम्बर ५ का वडाअध्यक्ष शंखवहादुर सार्की, राइनास नगरपालिका शिक्षा शाखा अधिकृत पूर्णवहादर नेपाली, कार्यपालिका सदस्यहरु हरिवहादुर अधिकारी, कल्पना सुनार र मृत्यकका दाजु सर्युवहादर नेपालीको उपस्थितिमा रकम हस्तान्तरण गरेको हो ।

आइतबार, ०३ पुस २०७९, १६ : २४

प्रतिक्रिया