मंसिरमा वाणिज्य बैंकहरुको निक्षेप ५८ अर्बले बढ्यो, कर्जा लगानी कति ?

आइतबार, ०३ पुस २०७९, १७ : ३३

काठमाडौं- मंसिर महिनामा वाणिज्य बैंकहरुको निक्षेप ५८ अर्ब रुपैयाँले बढेको छ। 

नेपाल बैंकर्स संघ (एनएमबी) को तथ्यांकअनुसार मंसिर २९ गतेसम्म वाणिज्य बैंकहरुको कुल निक्षेप बढेर ४६ खर्ब २१ अर्ब रुपैयाँ पुगेको छ। गत कात्तिक मसान्तसम्म वाणिज्य बैंकहरुको कुल निक्षेप ४५ खर्ब ६३ अर्ब रुपैयाँ थियो। 

मंसिर महिनामा वाणिज्य बैंकहरुको कर्जा लगानी भने २ अर्ब रुपैयाँले मात्र बढेको छ। गत कात्तिक मसान्तमा वाणिज्य बैंकहरुको कुल कर्जा लगानी ४२ खर्ब २२ अर्ब रुपैयाँ रहेकोमा मंसिर २९ गतेसम्म बढेर ४२ खर्ब २४ अर्ब रुपैयाँ पुगेको छ। 

निक्षेप बढेसँगै मंसिरमा वाणिज्य बैंकहरुको औसत सीडी रेसियो पनि घटेर ८६.४० प्रतिशतमा झरेको छ। गत कात्तिक मसान्तमा औसत सीडी रेसियो ८७.१० प्रतिशत थियो। 
 

आइतबार, ०३ पुस २०७९, १७ : ३३

प्रतिक्रिया