महालक्ष्मी विकास बैंकका ग्राहकहरुलाई यी दुई संस्थाहरुमा विशेष छुट

सोमबार, ०४ पुस २०७९, ११ : ५२

काठमाडौं-  महालक्ष्मी विकास बैंकले काठमाडौंमा अवस्थित दुई संस्थाहरुसँग विभिन्न सेवामा छुट सम्झौता गरेको छ । 

सम्झौता पश्चात महालक्ष्मी विकास बैंकका डेविट कार्ड तथा मोबाइल बैंकिङ्ग प्रयोग गर्ने ग्राहकहरुले उक्त संस्थाहरुका विभिन्न सेवाहरुमा विशेष छुट प्राप्त गर्न सक्नेछन् ।

बैंकका ग्राहकहरुले टेस्ला डायग्नोस्टिकमा अधिकतम १० प्रतिशत र दृष्टि आई केयरमा अधिकतम २० प्रतिशतको आकर्षक छुट प्राप्त गर्न सक्नेछन् ।

यस किसिमको सहकार्यबाट बैंकका डेविट कार्ड तथा मोबाइल बैंकिङ्ग प्रयोग गर्ने ग्राहकहरु लाभान्वित हुने विश्वास बैंकले लिएको छ । यसका साथसाथै डिजिटल युगसँग नेपाली जनतालाई साक्षात्कार गराउने उद्देश्यले बैकले विभिन्न शाखाहरुबाट वित्तीय जनचेतनामुलक कार्यक्रमहरु संचालन गर्दै आएको छ ।

सोमबार, ०४ पुस २०७९, ११ : ५२

प्रतिक्रिया