हिमालयन पावरका शेयरधनीहरुको हात खाली, कहिले हुदैँ साधारण सभा र बुकक्लोज ?

सोमबार, ०४ पुस २०७९, ११ : ५८

काठमाडौं- हिमालयन पावर पार्टनर लिमिटेडले पुस २९ गते १० औँ वार्षिक साधारणसभा बोलाएको छ । 

कम्पनी सञ्चालक समितिको आइतबार (पुस ३ गते) बसेको बैठकको निर्णय अनुसार पुस २९ गते काठमाडौ को भाटभटेनीस्थित अम्रपाली ब्यांक्वेटमा बिहान ९ बजे गर्ने भएको हो ।

सभाले कम्पनीको सामाजिक उत्तदायित्वअन्तर्गत गरेको आर्थिक सहयोग रकम २ लाख १८ हजार ६०० रुपैयाँलाई अनुमोदन गर्नेछ। सभाले कम्पनीको आफ्नो चुक्तापुँजी र सञ्चित मुनाफाभन्दा बढी हुने गरी लिएको ऋण अनुमोदन गर्नेछ। 

सभाले आर्थिक वर्ष २०७८–७९को वार्षिक र आर्थिक प्रतिवेदन पारित गर्नेछ। 

उक्त आर्थिक वर्षका लागि कम्पनीले शेयरधनीहरुलाई बोनस शेयर र नगद लाभांश वितरण नगर्ने निर्णय पनि गरेको छ। 

सभा प्रयोजनका लागि कम्पनीले पुस १३ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ अघिल्लो दिनसम्म कायम सेयरधनीहरुमात्रै यो कम्पनीको सभामा भाग लिन पाउनेछन्। 

सोमबार, ०४ पुस २०७९, ११ : ५८

प्रतिक्रिया