मन्जुश्री फाईनान्सले अनलाइनबाटै खाता खोल्ने सुविधा ल्यायो

मंगलबार, ०५ पुस २०७९, ०८ : ००

काठमाडौँ / मन्जुश्री फाईनान्सले ग्राहकहरूको सुविधाको लागि अब आफु बसेकै ठाउँबाट सजिलै खाता खोल्नका लागि “अनलाइन खाता खोल्ने” को सुविधा ल्याएको छ ।

उच्चतम ब्याज दरमा निक्षेप तथा सुलभ दरमा कर्जा प्रवाह लगायत आफ्ना ग्राहकहरूलाई रेमिटान्स लगायतका अन्य बैंकिङ्क सुविधा उपलब्ध गराउँदै आएको यस फाइनान्सले अब अनलाइन सेवा मार्फत खाता खोल्ने सुविधा उपलब्ध गराएको हो ।

साथै “मञ्जुश्री प्रिमियम बचत खाता” र १ वर्ष वा सो भन्दा बढी अवधिको व्यक्तिगत मुद्दती निक्षेपमा दुर्घटना तथा स्वास्थ्य बिमा समेत समावेश गरिएको छ ।

स्मार्ट टेलरद्वारा भुक्तानीको सेवा, क्युआर कोड भुक्तानीको सेवा, मोबाइल बैंकिङ्ग, एटिएम कार्ड, अन्य आधुनिक बैंकिङ्क सुविधा उपलब्ध उपलब्ध गराउँदै आएको छ ।

यस संस्थाले २०७९ मङ्सिर सम्म रु। १२ अर्ब ४५ करोड निक्षेप सङ्कलन तथा रु। ११ अर्ब ७४ करोड कर्जा लगानी रहेको छ ।

मञ्जुश्री फाइनान्स लिमिटेड केन्द्रीय कार्यालय, नयाँ बानेश्वर काठमाडौँमा रही न्युरोड, चाहविल, गंगवु, कलंकी, कुमारीपाटी, नारायणगढ, पर्सावजार, भरतपुर, टाँडी, गैंडाकोट, बुटवल, मुर्गिया, योगीकुटी, मनिग्राम, भैरहवा, धनगढी, इटहरी, विराटचोक, झुम्का, ईनरुवा, बिराटनगर, नेपालगञ्ज, धरान, पोखरा, बीरगञ्ज, लगायतका शाखाबाट कारोबार गरिरहेको राष्ट्रिय स्तरको वित्तिय संस्था हो ।

मंगलबार, ०५ पुस २०७९, ०८ : ००

प्रतिक्रिया