अप्पर सोलु र श्वेत गंगाले  डाक्यो  साधारण सभा  बुकक्लोज कहिले ?

विहीबार, ०७ पुस २०७९, १३ : २५

 काठमाडौँ  - अप्पर सोलु हाइड्रो इलेक्ट्रिक कम्पनी लिमिटेड र श्वेत गंगा हाइड्रोपावर एण्ड कन्स्ट्रक्सनले साधारण सभा बोलाएका छन् । 

अप्पर सोलु हाइड्रोले आउने पुस २८ गते साधारण सभा डाकेको हो । सो सभा लिसारा रिसेप्सन, भगवति बहाल, नक्सालमा बिहान १० बजे हुनेछ । 

उक्त सभाले लेखापरीक्षक नियुक्त गर्ने, सर्वसाधारण समूहको तर्फबाट प्रतिनिधित्व गर्ने १ जना सञ्चालकको निर्वाचन गर्ने, सञ्चालक समितिबाट नियुक्त गरिएको स्वतन्त्र सञ्चालकको अनुमोदन गर्ने लगायतका प्रस्ताव पारित गर्नेछ।

त्यसैगरी, श्वेत गंगा हाइड्रोपावरले पुस १९ गते शक्रबार छैठौँ वार्षिक साधारण सभा बोलाएको छ।

साधारण सभा प्रयोजनार्थ यी दुबै कम्पनीहरुले पुस १४ गते बुकक्लोज गर्दैछन्। यस अनुसार पुस १३ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले यी कम्पनीहरुको साधारण सभामा सहभागिता जनाउन सक्नेछन्।

विहीबार, ०७ पुस २०७९, १३ : २५

प्रतिक्रिया