एनआईसी एशिया  र लक्ष्मी बैंकले डाके साधारण सभा, कहिले र कहाँ ?

विहीबार, ०७ पुस २०७९, १५ : ०८

 काठमाडौँ -  एनआईसी एशिया बैंक र लक्ष्मी बैंकले साधारण सभा बोलाएका छन्।

एनआईसी एशिया बैंक  ले पुस २९ गते र  लक्ष्मी बैंकले पुस २८ गते  वार्षिक साधारण सभा बोलाएका छन् । 

एनआईसी एशिया बैंकको उक्त सभा होटल आनन्द प्रा.लि तिलगंगा, काठमाडौँमा  हुनेछ भने   लक्ष्मी बैंकले अग्रवाल भवन, कमलपोखरीमा हुनेछ । 

 गत आर्थिक वर्षको मुनाफाबाट लाभांश वितरण नगरेका एनआईसी एशिया बैंक र लक्ष्मी बैंकले साधारण सभा बोलाएका छन्।

यी दुबै बैंकको सभाले लेखापरीक्षक नियुक्त गर्ने, गत आर्थिक वर्षको वित्तीय विवरण स्वीकृत गर्ने लगायतका प्रस्तावहरु पारित गर्नेछ। यस बाहेक एनआईसी एशियाको सभाले सर्वसाधारण समूहको तर्फबाट केशवप्रसाद लम्साललाई सञ्चालक पदमा गरेको नियुक्ति अनुमोदन गर्ने, प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने लगायतका प्रस्ताव पनि पारित गर्नेछ भने लक्ष्मी बैंक ९ीद्यी० को सभाले भने अन्य कुनै उपयुक्त बैंक तथा वित्तीय संस्था मर्ज वा एक्वायर गर्ने सम्बन्धमा सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि पारित गर्नेछ।

साधारण सभा प्रयोजनार्थ एनआईसी एशियाले पुस १८ गतेदेखि २९ गतेसम्म र लक्ष्मीले पुस १५ गते बुकक्लोज गर्ने भएको छ। यस अनुसार सोभन्दा अघिल्ला दिनसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले यी बैंकहरुको सभामा सहभागिता जनाउन सक्नेछन्।
 
यस्तै गत आर्थिक वर्षको मुनाफाबाट  यि दुवै बैंकले लाभांश वितरण नगर्ने निर्णय गरेका हुन् ।  

विहीबार, ०७ पुस २०७९, १५ : ०८

प्रतिक्रिया