काठमाडौँ - नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले कालिका पावर कम्पनी र मल्टीपर्पस फाइनान्स लिमिटेडको सेयर कारोबार रोक्का गरेको छ।
दुवै कम्पनीले लाभांश र साधारण सभाको जानकारी धितोपत्र सूचीकरण विनियमावली, २०७५ को विनियम २२(१) (घ) बमोजिम नगराएको र धितोपत्रको कारोबार तथा मूल्यसँग सम्बन्धित संवेदनशिल सूचना तथा जानकारी सर्वसाधारणलाई सूचनाको पहुँचबाट वञ्चित गराई धितोपत्रको मूल्यमा प्रभाव पारेको नेप्सेले जनाएको छ ।
ऐ. विनियमावलीको विनियम १६(१) (ख) मा भएको व्यवस्था अनुरूप उक्त कम्पनीको धितोपत्रको कारोबार रोक्का गरिएको भन्दै दुवै कम्पनीले के कति कारणबाट समयमानै जानकारी नदिएको हो ? पत्र प्राप्त भएको मितिले ३ कार्यदिनभित्र स्पष्टिकरण पेश गर्न निर्देशन दिएको छ ।
प्रतिक्रिया